News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं—  वैकल्पिक खेलाडी सुनिल तामाङको गोलको सहयोगमा शनिबार थ्री स्टार क्लब विभागीय टोली एपीएफ क्लबसँग हारबाट जोगिएको छ ।

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत २४ औं चरणको खेलमा थ्री स्टारले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दा एपीएफसँग १–१ गोलको बराबरी खेल्दै अङ्क खोस्न सफल भएको ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको पहिलो खेलमा थ्री स्टार र विभागीय टोली एपीएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । पहिलो हाफमा पछि परेको थ्री स्टारका लागि सुनिल तामाङले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए । यसअघि एपीएफका मणिकुमार लामाले टोलीका लागि सुरुवाती अग्रता निकालेका थिए ।

Prabhu Bank

apf-football-team1685804458.jpeg

खेलको २३ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा वैकल्पिक खेलाडी सुनिलले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाएका थिए । यस बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अङ्क जोडेको छ । एपीएफले २४ खेलमा ३० अङ्क जोडेको छ ।

यस्तै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सातदोबाटो युथ क्लबसँग २–१ गोल अन्तरले स्तब्ध भएको छ । सातदोबाटोको जितमा शिव सुवेदी र दीपकराज सिंह ठकुरीले एक एक गोल गर्दा आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काउँदै अन्तर घटाएका थिए ।

खेलको दोस्रो मिनेटमा शिवले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए । सुरुवाती गोलसँगै दबाबमा परेको आर्मीले २९ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । नवयुगले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । नवयुगले प्रहार गरेको पेनाल्टी सातदोबाटोका गोलकिपर अविशेष बरालले रोकेका थिए । तर, रिबाउन्डमा नवयुगले नै गोल गरेका थिए ।

त्यसपछि खेलको ६३ औं मिनेटमा दिपकले पेनाल्टीमार्फत गोल गर्दै सातदोबाटोलाई २–१को जित निश्चित गरेका हुन् । यससँगै सातदोबाटोको यो नवौँ जित निकाल्न सफल रह्यो ।  जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अङ्क जोडेको छ । आर्मीले २४ खेलमा ३० अङ्क जोडेको छ ।

लिगमा आइतबार चार खेल हुनेछन् । दिनको पहिलो खेल संकटा क्लब र खुमलटार युथ क्लबबीच एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा हुँदा दोस्रो खेल दशरथ रङ्गशालामा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा, तेस्रो खेल च्यासल मैदानमा मच्छिन्द्र र नेपाल पुलिसबीच हुनेछ । यस्तै अन्तिम खेल दशरथ रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २०:४४
sagarmatha cementsagarmatha cement
Weather Update