News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुरक्षाको एकसाताकै अन्तरालमा दुई चलचित्र प्रदर्शन हुँदै

काठमाडौं— चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेकी चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।

चलचित्र ‘आमा’ को लागि उनले केश मुण्डन (कपाल खौरिएको) गरेकी थिइन् । एउटा पात्रको लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको संख्या न्यून छ । पात्रमा बाँचेपछि त्यसको भोगाइलाई पनि अपनाउनुपर्नेछ ।

Prabhu Bank

‘मैले काम गर्दा पात्रको सुख र दुःख दुवैलाई महसुस गर्ने गरेकीछु’, अभिनेत्री पन्तले भनिन्, ‘म विधि मार्फत् पात्रमा बाँच्ने कोसिश गर्छु ।’

यसै महिना अभिनेत्री पन्तको दुई चलचित्र ‘बहाव’ र ‘बुलाकी’ प्रदर्शन हुँदैछ । आज आयोजित पत्रकार भेटघाटमा अभिनेत्री पन्तले दुवै कलाकात्मक दृष्टिकोणले बनाइएको व्यावसायिक चलचित्र रहेको जानकारी दिइन् ।

‘बहावमा प्रेमी र विद्रोहीको चरित्रमा अभिनय छ । कलात्मक शैलीमा यसको निर्माण गरिएको छ । बुलाकी भने ग्रामीण भेगको महिलाको कथा हो’,अभिनेत्री पन्तले भनिन् ।

बहावको छायांकन उनी सुगासँग नजिकिएकी छिन् । उनले भनिन्,‘कार्यशालादेखि नै सुगासँग भए ।  एक पटक मैले उसलाई निस्की भनेर पिँजडाको ढोका खोल्दा नि निस्किएन । म अन्योल भएँ र डराएँ ।  यही भावनालाई कलात्मक शैलीमा चलचित्र बहावमा देखाइएको छ ।’

एकसाताकै अन्तरालमा उनको दुई चलचित्र प्रदर्शन हुँदैछन् । ‘नेपालमा प्रदर्शनको लागि कठिन नै छ जस्तो लाग्छ किनकी योजना गरिएभन्दा पनि वितरकसँगकै सल्लाहमा तय हुन्छ’, अभिनेत्री पन्तले भनिन् ।

त्यसो त एउटै कलाकारकै दुई चलचित्र वैशाख १ मा प्रदर्शन हुँदैछ । अभिनेता दयाहाङ राई अभिनित बिहे पास र जारीसँगै प्रदर्शनमा आउँदैछ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २०:५८
sagarmatha cementsagarmatha cement
Weather Update