News Griha :: न्यूजगृह
सुनकोशी नदीमा बेपत्ता भएका सीटीईभीटीका कर्मचारीको परिचय खुल्यो

सिन्धुली— सुनकोशी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारीको परिचय खुलेको छ।

मध्यपहाडी  राजमार्गअन्तर्गत गोलञ्जोर  गाउँपालिका– ७ लौकुनबाटबा१झ ७४६७ नम्बरको जिप शुक्रबार सुनकोशी नदीमा खसेको थियो । बेपत्ता हुनेमा सीटीईभीटीका निर्देशक कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल छन् ।

जिपमा उनीहरूसहित ड्राइभर कृष्ण चौधरी थिए । उनीहरू  खोटाङमा प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै थिए ।  चालक चौधरी नदीबाट निस्कन सफल भएका छन्  । बेपत्ताको खोजी भइरहेको सिन्धुली प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:३०
Weather Update