News Griha :: न्यूजगृह
सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो

सिन्धुली— मध्यपहाडी  राजमार्गअन्तर्गत गोलञ्जोर  गाउँपालिका– ७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो । जीपमा सवार तीन जना बेपत्ता छन् ।

जीपमा चार जना थिए ।  एक जना सुनकोशी नदीबाट निस्कन सफल भएका छन्  । बेपत्ताको खोजी भइरहेको डीएसपी दाहालले बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १३:१२
Weather Update