News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा तीन खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार तीन खेल हुँदै छन् । त्यसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

च्यासल मैदानमा दिउँसो ३ बजे फ्रेण्ड्स क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सोही समयमा दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

रंगशालामै साँझ ६ बजे हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०७:४४
Weather Update