News Griha :: न्यूजगृह
खेलकुद क्षेत्रका समस्या समाधान गर्न खेलकुद मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं— खेलााडी पलायन कम गर्न सरकारले रणनीतिक नीति तयार पार्नुपर्नेलगायका १४ बुँदे माग राख्दै नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार सिंहदरबारमा मन्त्री लिम्बूलाई ज्ञापनपत्र बुझाउँदै संघले खेलाडी पलायनबाट रोक्न खेललाई व्यवसायिक गर्दै लैजानुपर्ने, सबै विधाका खेल प्रतियोगिताको लागि बृहत् कभर्ड हल बनाउनुपर्ने माग राखेको छ ।

साथै संघले खेलकुदमा भ्रष्टाचार र पेश्की फछ्यौट, राष्ट्रिय संघहरुको बेरुजुलाई अबिलम्व व्यवस्थित गर्नुपर्ने जनाएको छ भने एकीकृत प्रशिक्षण स्थल र बसोबाससहित खेल सामाग्रीको व्यवस्थापन गर्नुपर्ने, राष्ट्रिय टीम तयारीलाई वर्षभरी निरन्तरता दिनुपर्ने लगायतका माग राखेका छन् ।

संघको ज्ञापनपत्र बुझ्दै मन्त्री लिम्बूले खेल क्षेत्रको विकास र विस्तारका लागि अगाडि सारेका मागहरुलाई सकारात्मक रुपमा लिएको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १९:०३
Weather Update