ए डिभिजन लिग : फ्रेन्ड्स र हिमालयनले बराबरी खेलेर अंक बाँडे

काठमाडौं— राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहीत बराबरी खेलेका छन् ।
बिहीबार ललितपुरस्थित च्यासल मैदानमा फ्रेन्ड्स र हिमालयनले गोलरहीत बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलमा दुई टोलीले गोल गर्ने अवसरलाई खेर फालेका थिए । बराबरीसँगै फ्रेन्ड्सले २३ खेलमा २५ अंक जोडेको समान खेल खेलको हिमालयनले ३० अंक जोडेको छ ।
त्यस्तै बिहीबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले खेलको ७५औं मिनेटमा एक मात्र निर्णायक गोल गरे । जितसँगै पुलिसले २३ खेलमा ३४ अंक जोडेको छ समान खेल खेलेको एनआरटीको २९ अंक रहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १८:४०