बलिउड अभिनेत्री कंगनाको आग्रह : कृपया संसारलाई मानिसबाट बचाउनुहोस्

काठमाडौं— बलिउड अभिनेत्री कंगना रनावतले सगरमाथा क्षेत्र (क्याम्प फोर)मा मानिसले गरेको फोहेरको भिडिओ शेयर गर्दै संसारलाई मानिसको व्यवहारबाट बचाउन आग्रह गरेकी छन् ।
सामाजिक सञ्जाल ट्वीटर एक भिडिओ शेयर गर्दै उनले विश्वको सर्वोच्च शिखर क्षेत्रमा मानिसका कारण फोहोर जम्मा हुनु निकै दुःखदायी रहेको उल्लेख गरेकी छन् । भगवानको प्रिय सम्झने मानिसको वास्तविकता जाँच गर्नुपर्ने अवस्था आएको धारणा पनि उनले व्यक्त गरेकी छन् ।
सगरमाथा क्षेत्रको क्याम्प फोरमा जम्मा भएको फोहोरको थुप्रो देखिने भिडिओ देखाउँदै उनले भनेकी छन् ‘यो दृश्य हेर्नुस्, तपाईंलाई महसुस हुन्छ कि भगवानका लागि मानिसहरू खासमा सबैभन्दा कम मनपर्ने हुन सक्छन् । मानिसहरू जहाँ जान्छन्, त्यहाँ आफ्नो दुर्गन्ध र फोहोरको पदचिह्न छाड्छन् । कृपया संसारलाई मानिसबाट बचाउनुहोस् ।’
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १२:०६