ए डिभिजन लिगमा बिहीबार तीन खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज बिहीबार तीन खेल हुँदै छन् ।
अखिल फुटबल संघका अनुसार तीन खेलमध्ये दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदान ललितपुरमा हुनेछ ।
च्यासल खेल मैदानमा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पाका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
दशरथ रंगशालामा दिउँसो ३ बाट सुरु हुने पहिलो खेलमा न्युरोड टिम र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
रंगशालामा नै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र खुमलटार एक आपसमा आमनेसामने हुनेछ । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १०:००