तिलोत्तमा गोल्डकप : सुदूरपश्चिम फाइनलमा

बुटवल— सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको खेलमा थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ८७औं मिनेटमा सुदूरपश्चिमका फागुराम थारुले टिमको जितका लागि निर्णायक गोल गरेका थिए ।
अब सुदूरपश्चिमले उपाधिका लागि मनाङ मर्स्याङदी क्लब र फ्रेन्डस क्लबबीचको विजेतासँग खेल्ने छ ।
यी दुई बीच भोलि सेमिफाइनल खेल हुने छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ १८:३०