News Griha :: न्यूजगृह
भारतमा हुने साफ फुटबल च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं— भारतमा हुने पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

१४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । 

६ देखि १८ असारसम्म बेङ्गलुरुमा हुने प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स गरि आठ टिमले सहभागिता जनाउने छन्। प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउने छन् । 

च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालसहित साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् ।  समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । 

साफको उद्घाटन खेलमा नेपाल र आमन्त्रित टोली कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।  

त्यसपछि नेपालले ९ असारमा आयोजक भारत र १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता हो भने भारत विजेता मुलुक हो । 

नेपालको प्रारम्भिक टोली
गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सीमन्त थापा, अन्जल महर्जन

मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, सुदीप गुरुङ, लाकेन लिम्बू, आभास लामिछाने, विशाल तामाङ

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, दीपक राज सिंह ठकुरी, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पीजंग कार्की, दिनेश हेञ्जन । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:४३
Weather Update