News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

पोखरा—  कलाकार तथा पत्रकार सज्जन कुमार सिंहको नयाँ सांगीतिक भिडिओ ‘पोखरा’मा सार्वजनिक भएको छ ।

‘पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको’ गीतको मूल थेगो रहेको छ । 

Prabhu Bank

पोखराको मौसम जस्तै नानीहरूको भर हुन्न भन्ने भावप्रति यहाँका केही महिलाले विरोध पनि जनाएका छन् । गीतमा भनिएको छ, ‘एकै छिनमा बादल लाउने एकैछिनमा पानी, पोखराको मौसम जस्तै रैछ तिम्रो बानी ।’

पोखराको मौसम र प्रेमलाई  विषयवस्तु बनाएर तयार पारिएको गीतको शब्द, संगीत सज्जनको छ । गीतमा सज्जन र गायिका अस्मिता अधिकारीको स्वर छ । गीत विनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।

गीतको भीडिओ ईश्वर बाबुले निर्देशन र सम्पादन गरेका हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडिओमा गायक सज्जन, जुना गुरुङ र सरिता धनकोटीको अभिनय देख्न सकिन्छ । 

भिडिओमा पोखराको फेवाताल र यहाँका पर्यटकीय ठाउँमा छायाङ्कन गरिएको छ ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:३५
sagarmatha cementsagarmatha cement
Weather Update