News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा आर्मी पराजित

काठमाडौं— राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेलको जितमा एनकोटो मासोबी खेलको ५५ र ७८ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै जावलाखेलले २३ खेलमा ३७ अंक जोडेको छ । समान खेल खेलेको आर्मीको ३० अंक रहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १८:०७
Weather Update