News Griha :: न्यूजगृह
चेन्नई सुपर किङ्सलाई आईपीएलको उपाधि

काठमाडौं— इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यस सिजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ ।

आइतबारको खेल वर्षाले अवरुद्ध भएपछि सोमबार राति भएको खेलमा डक वर्थ लुइस (डिएलएस मेथड) मा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले उपाधि जितेको हो ।

यस जितसँगै चेन्नईले पाँचौंपटक आईपीएलको उपाधि उचालेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएलको उपाधि उचालेको थियो ।

chennaisupper1685405439.jpg

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०५:५४
Weather Update