News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अबको एजेन्डा समृद्धि र सुशासन : पर्यटनमन्त्री किराती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गणतन्त्रात्मक मुलुकको अबको एजेन्डा आर्थिक समृद्धि र सुशासन रहेको बताएका छन् ।

काठमाडौंमा सोमबारदेखि सुरु राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० को समुद्घाटन समारोहमा मन्त्री किरातीले युवा स्वरोजगार सिर्जना गरी मुलुकलाई समग्र विकासमा अग्रसर गराउनु नै अहिलेको आवश्यकता भएको बताए ।

Prabhu Bank

उनले यही जीवनकालमा युद्ध, शान्ति आएको र यही जीवनकालमा नै समृद्धि ल्याउनुपर्नेमा जोड दिए ।

समाराहेमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्ने सोच बनाएको बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको मर्मानुसार यस्ता प्रतिष्ठानहरुले आआफ्नो भूमिकालाई प्रभावकारी गराउनुपर्ने बताए ।

सो क्रममा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कला प्रदर्शनीले मुलुकको विकास र संस्कृति संरक्षणमा सहयोग पुग्ने बताइन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २२:०१
sagarmatha cementsagarmatha cement
Weather Update