
काठमाडौं— राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।
आइतबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ६३औं मिनेटमा निकोलस सङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६७ औं मिनेटमा सनम लिम्बुले गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा सातदोबाटोका शिव सुवेदीले गोल गरेपनि एनआरटी २–१ ले विजयी भयो ।
जितसँगै एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा मनाङले थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
मनाङको जितमा चेतन कुमार थारुले खेलको ३८औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै मनाङले २२ खेलमा २८ अंक जोडेको छ । थ्रीस्टारको २२ खेलमा २६ अंक रहेको छ ।