News Griha :: न्यूजगृह
अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो
फाइल ।

काठमाडौं— उज्वेकिस्तानलाई पराजित गर्दै एनएससीकाभा(सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा नेपालले तेस्रो भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्यो । पहिलो सेट उज्वेकिस्तानले २५–२० ले आफ्नो पक्षमा पार्‍यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २५–१६ ले जितेर खेलमा फर्कियो । यसैगरी खेलको तेस्रो सेट  २५–१५ र चौथो सेट २५–१३ ले जित्यो ।

प्रतियोगिताको उपाधिका लागि आइतबार नै भारत र काजकिस्तानबीच भिडन्त हुनेछ । उक्त खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १४:०४
Weather Update