पीएसजीलाई फ्रान्सेली लिगको उपाधि

काठमाडौं— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानको उपाधि जितेको छ । लियोनल मेस्सीको गोलको मदतले पीएसजीले उपाधि जितेको हो । पीएसजीले ११औं पटक उक्त उपाधि चुमेको हो ।
मेस्सीले गरेको सुरुआती गोलपछि केभिन गमेरियोले स्ट्रसबर्गका लागि बराबरी गोल गरे । उक्त नतिजापछि लिगमा एक चरणको खेल बाँकी छँदा पीएसजीले चार अंकको निर्णायक अग्रता लिएको छ ।
पीएसजीले सन् १९८१ मा सेन्ट इटेनले बनाएको १० लिग उपाधिको कीर्तिमानलाई उछिनेको हो ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० ०७:२०