आईपीएल फाइनल : चेन्नई र गुजरात खेल्दै

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यस सिजनको उपाधिको लागि आइतबार चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स खेल्दै छन् ।
फाइनल प्रतिस्पर्धा भारतको अहमदावादमा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई फाइनलमा पुगेको हो ।
दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरातले फाइनल पक्का गरेको हो ।
पहिलो प्लेअफमा चेन्नईसँगै पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा मुम्बई इडियन्सलाई पराजित गर्दै फाइनल पुगेको हो ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० ०६:५०