सोमबारदेखि महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम— सोमबार (जेठ १५ देखि २६ गतेसम्म) जनकपुरधाममा महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता–८० हुने भएको छ ।
मधेस प्रदेश क्रिकेट संघ धनुषाले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी सोमबारदेखि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
संघका अध्यक्ष हिरा भगतले मधेस प्रदेश शिक्षा तथा समाज कल्याण मन्त्रालयको प्रमुख सहयोगमा सोमबारदेखि आयोजना हुने प्रतियोगितामा सातै प्रदेशका एक/एक गरी सात टिमको सहभागिता रहने र खेल राम जानकी बहुउद्देश्यीय खेल मैदानमा खेलाइने जानकारी दिए ।
सो अवधिमा २२ वटा खेल हुनेछन् । यसअघि जिल्लास्तरमा आयोजना भएको प्रतियोगिता पहिलो पटक प्रदेशस्तरमा आयोजना गर्न लागेको उनले बताए । प्रतियोगितामा विजेता टिमलाई तीन लाख र उपविजेताले दुई लाखसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० ०६:०७