भारत भ्रमणका क्रममा सीमाको विषय उठाउने प्रधानमन्त्रीको भनाई

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा नेपालको सिमानाको विषय उठाउने बताएका छन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसद रघुजी पन्तले उठाएको प्रश्नको जवाफ दिदैँ उनले कालापानी र ईपीजीको विषय भ्रमणका क्रममा उठाउने बताए ।
यो पनि पढ्नुहोस
प्रचण्डले धेरै वर्षपछि यो परियोजना अगाडि बढाउँने बारे नयाँ समझदारी हुने उनको विश्वास छ ।
उनले भने ‘सार्क बैठकबारे भारत भ्रमणको बारेमा सिमाना कालापानी लगायतका विषय उठ्छन् कि उठ्दैनन् ईपीजीको विषय उठ्छ कि उठ्दैन भनेर राख्नु भएको छ। यसमा मेरो गम्भिर ध्यान छ । र यी विषय उपयुक्त छलफलको विषयमा जान्छन् । पञ्चेश्वरको बारेमा छलफल चलिराखेको छ । सम्वत् धेरै वर्ष पछि यो परियोजना अगाडि बढाउँने बारे नयाँ समझदारी हुन्छ भन्ने विश्वास छ ।’
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० २१:१६