श्रीच्छा प्रधानले जितिन ‘मिस नेपाल २०२३’ को उपाधि
काठमाडौं— मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा २४ जनालाई पछि पार्दै उपाधि जितेकी हुन् ।
अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० २०:२४