News Griha :: न्यूजगृह
निर्माणको ५ वर्षपछि चलचित्र निरफूल प्रदर्शनमा आउँदै

काठमाडौं—  सामाजिक कथावस्तुमा आधारित चलचित्र निरफूल २६ जेठबाट देशभर प्रदर्शन हुने भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी चलचित्रबारे जानकारी गराइएको हो ।

निर्माणको ५ वर्षपछि प्रदर्शनमा आउन लागेको चलचित्रमा भूकम्प, भूकम्पपछिको स्थिति, नागरिकले बेहोर्नुपर्ने समस्या र सास्तीलाई कथावस्तुमा उतारिएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १०:३१
Weather Update