
काठमाडौं— गुजरात टाइटन्स आईपीएल क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।
पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई हराउँदै गुजराज उपाधि नजिक पुगेको हो । आईपीएलको दोस्रो क्वालिफायर खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।
पहिले ब्याटिङ गर्दै गुजरात टाइटन्सले दिएको २३४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १८.२ ओभरमा अलआउट हुँदै १७१ रन मात्र बनाउन सक्यो ।
मुम्बई इन्डियन्सले यसअघि ६ पटक फाइनल खेल्दा ५ पटक उपाधि जितेको टोली हो। यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाउँदै २३३ रन बनाएको थियो ।
यो आईपीएलको प्लेअफ खेलमा बनाएको सबैभन्दा ठूलो लक्ष्यको कीर्तिमानसमेत हो।
योसँगै गुजरात लगातार दोस्रो वर्ष आईपीएलको फाइनलमा पुगेको छ। अब आइतबार अहमदाबादमा हुने फाइनलमा गुजरात र चेन्नई सुपर किंग्स भिड्नेछन् ।