ए डिभिजन लिगमा पुलिसले खुमलटारलाई सहजै हरायो

काठमाडौं— राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले खुमलटारमाथि सहज जित हासिल गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलका पुलिसका भरत शाहले खेलको ७६औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए भने मोहमद आसिफले ८८ औं मिनेट गोल गरेका थिए ।
जितसँगै पुलिसले २१ खेलमा २८ अंक जोडेको छ । समान खेल खेलेको खुमलटारको २१ अंक रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० १८:१३