म्यानचेस्टर च्याम्पियन्स लिगमा छनोट

काठमाडौं— चेल्सीलाई ४–१ गोलले पराजित गर्दै म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ । बिहीबार राति सम्पन्न खेलमा युनाइटेडको जितमा कासेमिरोले गोल गरे ।
पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा मार्सियलले अग्रता दोब्बर पारेका थिए । ब्रुनो फर्नान्डेजले ७३ मिनेटमा पेनाल्टी र रास्फोर्डले ७८ मिनेटमा अर्को गोल गरेसँगै युनाइटेड फराकिलो अन्तरको जिततर्फ अघि बढेकाे थियाे ।
चेल्सीका लागि जोआओ फेलिक्सले ८९ मिनेटमा गोल गरे । जितसँगै युनाइटेडको शीर्ष चारमा स्थान पक्का भएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० ०६:२८
साताको लोकप्रिय