News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एनएससी–काभा महिला भलिबल : कजाकस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं— एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार कजाकस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलअन्तर्गत बेलुकी ५ बजे नेपाल र कजाकस्तानको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

Prabhu Bank

नेपाल कजाकस्तानलाई हराएर फाइनल पुग्ने योजनामा छ भने कजाकस्तान पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ ।

नेपाल समूह ‘ए’ को उपविजेता र कजाकस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०६:२१
sagarmatha cementsagarmatha cement
Weather Update