News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा बिहीबार यी क्लबबीच खेल हुँदै

काठमाडौं— शहिद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदै छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सोही समयमा एन्फा कम्प्लेक्समा सातदोबाटो र फेन्ड्स क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०७:३६
Weather Update