News Griha :: न्यूजगृह
इन्टर मिलानलाई कोपा इटालियनको उपाधि

काठमाडौं— इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । फियोरेन्टिनामाथि २–१ को जित निकाल्दै इन्टर मिलान च्याम्पियन बन्न सफल भएको हो ।

सन् २०२१–२२ को सिजनमा इन्टरले युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो ।

रोमामा बुधबार राति भएको फाइनलमा इन्टरलाई च्याम्पियन बनाउन अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले दुई गोल गरे ।

३७औं मिनेटमा मार्टिनेजले निकोलो बरेल्लाको पासमा गोल गर्दै इन्टरलाई खेलमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा इन्टर विजयी भयो ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०७:२५
Weather Update