News Griha :: न्यूजगृह
ए डिभिजन लिग : एपीएफले पराजित गर्‍यो संकटालाई

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २५औं मिनेटमा आवाश लामिछानेले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा आवाशले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५०औं मिनेटमा संकटाका लागि मनिस डाँगीले गोल गरेका थिए । जितसँगै एपीएफले २१ खेलमा २६ अंक जोडेको छ । संकटाको २१ खेलमा २३ अंक रहेको छ ।

त्यस्तै बुधबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मीलाई न्युरोड टिम एनआरटीले १–० गोल अन्तरले पराजित गरेको छ ।

एनआरटीको जितमा कृतिस रत्न छुन्जुले खेलको ७९ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै एनआरटीले २१ खेलमा २६ अंक जोडेको छ । आर्मीकोे २१ खेलमा २९ अंक रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:२०
Weather Update