News Griha :: न्यूजगृह
एनएससी–काभा महिला भलिबल : भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल 

काठमाडौं— एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ मा नेपालले समूहको तेस्रो खेलमा बुधबार भारतको सामना गर्दैछ ।

समूह ए बाट सेमिफाइनल पुगिसकेको यी टोलीबीच समूह विजेता बन्न प्रतिस्पर्धा हुन लागेको हो ।

समूह चरणमा नेपाल र भारत दुवैले कीर्गिस्तान र बंगलादेशलाई हराएर अन्तिम चारमा स्थान बनाइसकेका छन् ।

भारतलाई पराजित गर्न सके नेपालले उपाधि रक्षा गर्न सक्छ । फाइनल खेल जेठ १४ गते हुनेछ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०८:४६
Weather Update