News Griha :: न्यूजगृह
चेन्नई सुपर किङ्स आईपीएलको फाइनलमा

काठमाडौं— चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई आईपीएल २०२३ को फाइनल प्रवेश गरेको हो ।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निार्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । चेन्नईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात १ सय ५७ रनमा समेटिएको हो ।

आईपीएलको प्लेअफमा बुधबार मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरातसँग शुक्रबार खेल्नेछ । आईपीएलको फाइनल आइतबार अहमदाबादमा हुनेछ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०६:०८
Weather Update