News Griha :: न्यूजगृह
एनएससी–काभा महिला भलिबलमा नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं— एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ मा नेपालले दोस्रो खेलमा मंगलबार बंगलादेशसँग खेल्दैछ ।

समूह ‘ए’ मा रहेको नेपालले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ ।

मंगलबार भारत र कीर्गिस्तानबीच पनि खेल हुनेछ । भारत र कीर्गिस्तानबीचको खेल बिहान १० बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

श्रीलंका र काजकस्तानबीचको खेल साढे १२ बजे तथा उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

खेल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०७:४७
Weather Update