
काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । ललितपुरस्थित च्यासल मैदानमा सोमबार भएको खेलमा चर्च ब्वाइजले हिमालयनसँग १–१ को बराबरी खेलेको हो ।
खेलको १३ औं मिनेटमा अन्जन विष्टको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । तर ३६औं मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
त्यस्तै सोमबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्यो । आर्मीका लागि जगजित श्रेष्ठले खेलको २६औं मिनेटमा गोल गरेका थिए । त्यस्तै नवयुग श्रेष्ठले खेलको ७५ र सुदिल राईले इन्जुरी टाइममा गोल गरेका थिए । जितसम्गै आर्मी २९ अंक जोड्न सफल भएको छ भने फ्रेण्ड्सको २१ अंक रहेको छ ।













