आईपीएल : कोलकोत्ताविरुद्ध लखनउको रोमाञ्चक जित

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले कोलकोत्ता नाइट राइडर्समाथि रोमाञ्चक जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा लखनउले कोलकोतालाई १ रनले हराएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकोत्ता निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रनमा समेटिएको हो ।
शनिबार नै सम्पन्न अर्को खेलमा चेन्नई सुुपर किङ्ससँग दिल्ली क्यापिटल्स ७७ रनले पराजित भएको थियो । यो जितसँगै चेन्नई र लखनउ आईपीएलको प्लेअफमा पुगेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० ०६:०२