News Griha :: न्यूजगृह
विराट गोल्डकप चैत्र ९ गतेदेखि, विजेतालाई २० लाख

विराटनगर— विराटनगरमा यही चैत्र ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

विराट गोल्डकप आयोजक समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहिद रंगशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो ।

प्रतियोगितामा नेपालका ए डिभिजनका ६ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका विभागीय क्लबहरू एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने लुका सकर क्लब केरला भारत र ड्रुक लयुल फुटबल क्लब भूटान रहेका छन् ।

प्रतियोगिताको  उपाधि विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सहसंयोजक सुभाशिष कोइरालाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  २२:१२
Weather Update