News Griha :: न्यूजगृह
कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍यायो : प्रधानमन्त्री प्रचण्ड  

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍याएको बताएका छन् ।

थापाथलीस्थित कान्तिपुर परिसरमा ११ औं कान्तिपुर हाफ म्याराथनको उद्घाटन गर्दै उनले कान्तिपुर मिडिया ग्रुपले हरेक विकृति र विसंगतिविरुद्ध पनि निरन्तर आवाज उठाउँदै आएको बताए ।

हाफ म्याराथन (२१.१ किमि), कलेज रन (७ किमि), कर्पोरेट रन (५ किमि) र ह्विलचेयर रन (३ किमि) गरी चार विधामा झन्डै ४ हजार ७ सय सहभागी भएका आयोजक कान्तिपुर पब्लिकेसन्सले जनाएको छ ।

हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौँले १० हजार र छैटौँ हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।

kantipur half marathoon 21684551885.jpg

शारीरिक रूपमा फरक क्षमताका लागि हुने ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पाउनेछन् । कलेज रनतर्फ पहिलो दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन् । 

गत वर्ष पुरुषमा एपीएफ क्लबका गोपिचन्द्र पार्की र महिलामा पुलिस क्लबकी राजपुरा पछाईंले उपाधि जितेका थिए ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०८:३९
Weather Update