News Griha :: न्यूजगृह
आईपीएल : राजस्थान ४ विकेटले विजयी, पञ्जाब प्लेअफमा पुग्न सकेन
hindustan times

काठमाडौं— राजस्थान रोयल्सले गएराति इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्स लाई ४ विकेटले पराजित गरेको छ।

जितसँगै राजस्थान तालिकाको पाँचौँ स्थानमा पुगेको छ । उसको १४ अङ्क छ भने पञ्जाबको १२ अङ्क मात्र छ । धर्मशाला मैदानमा राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर १८८ रनको लक्ष्य पुरा गरेको थियो ।

हारसँगै पञ्जाब प्लेअफको दौडबाट बाहिरिएको छ । राजस्थानको प्लेअफमा पुग्ने सम्भावना जीवित छ । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०६:२८
Weather Update