News Griha :: न्यूजगृह
चाँदीको पहिरनमा कान्स रेडकापेर्टमा ऐश्वर्या राय

काठमाडौं— फ्रान्समा सञ्चालन भइरहेको २०२३ कान्स रेड कार्पेटमा ऐश्वर्या रायले चाँदीको कपडा लगाएकी छन् । 

भारतीय अभिनेत्रीे राय कान्स फेस्टिबलमा लगाएको चाँदीकपडाको कारण अहिले चर्चामा छिन् ।

उनले सोफी कउचरको डिजाइनमा तयार भएको चाँदीको गाउन र कालो हुडी लगाएकी थिइन् । यसपटक आफ्नी छोरी आरध्या लिएर कान्समा उपस्थित ऐश्वर्याले २००२ मा कान्स फेस्टिबलमा डेब्यू गरेकी थिइन् । यो उनको कान्स फेस्टिबलमा २१औँ उपस्थिति हो । 

उनको यो लुक बाहिरिएपछि उनका फ्यानहरू एकदमै खुसी देखिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १५:२७
Weather Update