काठमाडौं— सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने भएको छ ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने स्पष्ट पारे । उनले दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरू स्वास्थ्य सेवा विभागले फिर्ता लिइ आवश्यकता अनुसार अरु अस्पतालहरूमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने पनि उल्लेख गरे ।
मन्त्री बस्नेतले भने, ‘स्थान नभएर वा जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने । दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरू स्वास्थ्य सेवा विभागले फिर्ता लिइ आवश्यकता अनुसार अरु अस्पतालहरूमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने कतिपय अस्पतालहरूमा खरिद प्रक्रिया आवश्यकता भन्दा बढी गरेको देखियो, विधि र प्रक्रिया बाँकी छन्, खरिद प्रक्रियामा जथाभावी किन हुन्छ भन्नेकुरा थाहा छँदैछ, थाहा भएर नै यो गरिएको छ ।’
मन्त्री बस्नेतले आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिइ ओपीडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर्न लागेको बताए ।