News Griha :: न्यूजगृह
चलचित्र ‘काँडेतार’ सेन्सर पास, प्रदर्शन मिति घोषणाको तयारी

काठमाडौं— सामना फिल्मस् प्रा.लि.द्वारा निर्मित चलचित्र ‘काँडेतार’ नेपाल सरकारको सेन्सर बोर्डबाट पास भएको छ ।

बिहीबार ‘काँडेतार’ परिवारको तर्फबाट नवल खड्का र सत्यकला राईले विज्ञप्ति जारी गर्दै सेन्सर बोर्डले पास गरेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘यस अवसरमा चलचित्रको निर्माणदेखि सेन्सर फुकुवासम्मका प्रक्रियामा आ–आफ्नो स्थितिबाट सहयोग पुर्‍याउनु  हुने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, नेकपा एमालेका वरिष्ठ नेता डा.भीम रावल,माओवादी केन्द्रका महासचिव देव गुरुङ, राप्रपाका प्रवक्ता एवम् माननीय ज्ञानेन्द्र शाही, सामाजिक अभियन्ता प्रा.डा.सुरेन्द्र केसी, ध्रुव खड्का, कोमल भट्टराई, दयाराम दाहाल,के एल पीडित, डा.सुरेन्द्र ढकाल, विभिन्न पार्टीका भातृ संगठनका अध्यक्षज्यूहरूलगायत देशविदेशमा रहनुभएका सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछौं ।’

सेन्सर फुकुवा भएपछि चलचित्र ‘काँडेतार’ को प्रदर्शन मिति एक कार्यक्रम आयोजना गरिने जानकारी गराइने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०८:२४
Weather Update