News Griha :: न्यूजगृह
यी दुई क्लब युरोपा लिगको फाइनलमा

काठमाडौं— स्पेनिस क्लब सेभिया र इटालियन क्लब रोमा युरोपा लिगको फाइनलमा पुगेको छ ।

सेभियाले इटलीकै अर्को क्लब युभेन्ट्सलाई तथा रोमाले जर्मन क्लब बायर लेभरकुजनलाई सेमिफाइनलमा पराजित गरेर फाइनलमा पुगेका हुन् ।

बिहीबार राति भएको दोस्रो लिगको खेलमा सेभियाले युभेन्ट्सलाई २–१ ले हराउँदै समग्रमा ३–२ को जित हात पारेको हो । पहिलो लिगमा यी दुईबीचको खेल १–१ मा सकिएको थियो ।

रोमाले पहिलो लिगमा प्राप्त १–० को जितलाई नै रक्षा गर्न लेभरकुजनलाई पछि पार्दै फाइनल पुगेको हो । दोस्रो लिग गोलरहित बराबरीमा सकिएपछि रोमा समग्रमा १–० ले विजयी भयो ।

सेभिया र रोमाबीच फाइनल खेल ३१ मे मा हंगेरीको बुढापेस्टस्थित पुस्कास स्टेडियममा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०६:३८
Weather Update