News Griha :: न्यूजगृह
राजनीतिक खिचातानीले खेलकुदको विकास हुन सकेन : मन्त्री लिम्बू 

काठमाडौं— युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले राजनीतिक खिचातानीको अवस्थाले गर्दा खेलकुदको विकास नभएको टिप्पणी गरेका छन् । 

बिहीबार काठमाडौंमा आयोजित ऐतिहासिक पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गर्दै उनले खेलकुद क्षेत्र उपेक्षाको शिकार भएको बताए । 

उनले भने ‘नेपालको सन्दर्भमा खेलाडीहरूले सेवा सुविधा पाइरहेको अवस्था छैन । सरकारले त्यसको व्यवस्था गर्न सकेन । विगत २८ वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको सुनिन्छ । त्यहाँ काम भएन । बढुवा भएन, जतापनि राजनीतिक खिचातानी भइरहेको देखियो ।’ 

यो क्षेत्रलाई कसैले पनि प्राथमिकतामा नराखेको र सबैले खेलकुदको क्षेत्रलाई बेवास्ता गरेको उनको भनाइ छ । 

मन्त्री लिम्बूले जतिसक्दो आफ्नै प्रयत्नमा यो क्षेत्रको सुधार गर्ने र काम गर्ने बताए । उनले आफुले १८ घण्टा काम गर्ने प्रतिबद्धता समेत गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १७:१४
Weather Update