News Griha :: न्यूजगृह
 ए डिभिजन लिगमा तीन खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ ।

दुई वटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल मैदान ललितपुरमा हुनेछ ।

च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब एक आपसमा भिड्ने छन् । यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

यसैगरी दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र मच्छिन्द्र फुटबल क्लब भिडनेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

दशरथ रंगशालामै साँझ ६ बजे हुने दोस्रो खेलमा भने न्यूरोड टिम र जावालाखेल युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०९:३९
Weather Update