इन्टर मिलान फाइनलमा

काठमाडौं— इन्टर मिलान १३ वर्षपछि यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इन्टर सन् २००९–२०१० यता फाइनलमा पुग्न सकेको थिएन ।
एसी मिलानलाई सेमिफाइनलको दोस्रो लिगमा १–० तथा समग्रमा ३–० को जित निकाल्दै इन्टरले फाइनल यात्रा तय गरेको हो ।
सानसिरोमा मंगलबार राति भएको खेलमा इन्टरको जितमा दोस्रो हाफमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बनेको थियो ।
मार्टिनेजले ७४औं मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए । पहिलो लिगमा मिलान २–० ले विजयी भएको थियो ।
अब इन्टरले उपाधिका लागि १० जुनमा स्पेनिस क्लब रियल म्यड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० ०८:३९