ए डिभिजन लिग : थ्रीस्टार र आर्मीले अंक बाँडे, एपीएफ पराजित

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको ६९ औं मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ्रीस्टारलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ८६ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै थ्रीस्टारले १८ खेलमा २६ अंक जोडेको छ । आर्मीले १८ खेलमा २५ अंक जोडेको छ ।
त्यस्तै मंगलबार नै च्यासल मैदानमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । पुलिसको जितमा मोसेस ग्याबाह तुमले खेलको ६१औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै पुलिसले १८ खेलमा २२ अंक जोडेको छ । एपीएफले १८ खेलमा २२ अंक नै जोडेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १८:५७