News Griha :: न्यूजगृह
महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा

काठमाडौं— जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।

प्रतियोगिता ८ देखि १४ जेठसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र कीर्गिस्तान छन् ।

त्यस्तै समूह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । प्रतियोगितामा सहभागि हुने टोलीका लागि सबै व्यवस्थपन अन्तिम चरणमा पुगेको र सहभागि देशले नेपाल भ्रमण गर्ने तालिका पठाइसकेको संघको अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  २२:१०
Weather Update