News Griha :: न्यूजगृह
पीएसजीको चौथो हार

काठमाडौं— फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले चौथो हार ब्योहोरेको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले २–० पराजित गरेसँगै पीएसजीले चौथो हार व्यहोर्नु परेको हो । पीएसीको हारमा रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गरेको गोल नै काफी हुन पुग्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा एकम्वीले गोल गरेपछि पीएसजी खेलमा सुरुमा नै पछि पर्‍यो भने पहिलो हाफको सुरुवाती अर्थात् ४८औं मिनेटमा मुइनगाले थप गोल गरे जुन गोल नै पीएसजीलाई समग्र खेलको चौथो हारका लागि काफी भयो । अग्रपङ्तिमा लियोनल मेस्सी र केलियन एमबाप्पे रहे पनि गोल गर्न सकेनन् ।

पीएसजी २८ खेलबाट ६६ अंक जोडेर शीर्षस्थानमा यथावत् नै छ भने पीएसजीलाई चौथो हार दिएको रेनेस ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०८:४५
Weather Update