बार्सिलोनालाई ला लिगाको उपाधि

काठमाडौं— स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बार्सिलोनाले स्पान्योललाई ४–२ गोल अन्तरले पराजित गर्दै लिगका ४ खेल बाँकी हुँदै उपाधि जितेको हो ।
बार्सिलोनालाई खेल जिताउन रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा एलेक्स बाल्डे र जुल्स कुन्डेले एक/एक गोल थपेका थिए ।
११ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले सुरुआती अग्रता लिएकाे थियाे । यसैगरी २० औं मिनेटमा बाल्डेले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो ।
बार्सिलोना पहिलो हाफमा ३–० को अवस्थामा रहेको थियो । स्पान्योलमाथि लगातार आक्रमण बुनेको बार्सिलोनाले ५३ औं मिनेटमा चौथो गोल गरेको थियो ।
स्पान्योलका लागि जाभिएर पाउडो र जोसेलुलु गोल फर्काएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० ०७:२२