मलेसियासँग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं— मलेसियासँगको टी—२० सिरिजका लागि नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको प्रारम्भिक घोषणा भएको छ ।
मलेसियाको घरेलु मैदानमा मे २९ बाट सुरु हुने ५ खेलका लागि टी–२० टोलीको घोषणा भएको हो ।
टोलीमा रुबिना क्षेत्रीको कप्तानीमा १८ सदस्य रहेका छन् । मे २९ मा सुरु हुने सिरिजको दोस्रो खेल मे ३०, तेस्रो जुन १, चौथो जुन ३ र जुन ४ मा अन्तिम तथा पाँचौं खेल हुनेछ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० ०६:०८